११ कार्तिक २०८३, बुधबार

स्रोत नखुलेको ३७ लाख, ७ लाखको चेक र ब्ल्यांक चेकसहित पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २७ पुस । चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर खाली १ थान चेकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चितवन माडी नगरपालिका ६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।