बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

युभेन्टस इटालियन सिरी ए फुटबलको चौथो स्थानमा फर्कियो

दैनिक नेपाल २०७७ पुष २७ गते १०:१२

लण्डन, २७ पुस । युभेन्टस इटालियन सिरी ए फुटबलको चौथो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरे । सासुओलोका लागि डिफ्रेलले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सीधै रातो कार्ड पाएर ओबिएङ्ग बाहिरिएपछि सासुओलो १० खेलाडीमा सीमित भयो ।

५० औँ मिनेटमा डानिलोले गोल गरेर युभेन्टसलाई अग्रता दिलाए । डिफ्रेलले ५८ औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ८२ औँ मिनेटमा राम्सी तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा रोनाल्डोले गोल गरि युभेन्टसलाई ३–१ को जित दिलाए ।

जितपछि चौथो स्थानमा पुगेको युभेन्टसको १६ खेलबाट ३३ अंक भएको छ । तेस्रो स्थानको रोमा भने आइतबार राति नै भएको खेलमा दोस्रो स्थानको इन्टर मिलानसँग २–२ को बराबरीमा रोकियो । इन्टर मिलानको १७ खेलबाट ३७ तथा रोमाको ३४ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित