बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

उत्तर कोरियाका नेता किम जोङ उन महासचिवमा निर्वाचित

दैनिक नेपाल २०७७ पुष २७ गते १०:०८

लण्डन, २७ पुस । उत्तर कोरियाका नेता किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् ।

सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएका हुन् ।

वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक हुने अधिवेशनले उनलाई महासचिव चुनेको हो । उनका कोही प्रतिष्पर्धी थिएनन् ।

यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए । महासचिव निर्वाचित भएसँगै सन् २०११देखि उत्तर कोरियाको शासन चलाइरहेका उन झन् शक्तिशाली बन्ने भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित