२ कार्तिक २०८३, सोमबार

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानको आकर्षक जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २६ पुस । इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत भएको खेलमा एसी मिलान विजयी भएको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा एसी मिलानले तोरिनोलाई २–० ले पराजित गरेको हो ।

एसी मिलानका लागि राफाएल लिएओले २५ औँ मिनेटमा गोल गरे । ३६ औँ मिनेटमा पाएको पेनाल्टीमा फ्र्याक्क केसिएले गोल गरे ।

जितपछि १७ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा कायम छ । अरु खेलमा एट्लान्टाले बेनेवेन्तोलाई ४–१ तथा जेनोआले बोलोग्नालाई २–० ले पराजित गरेका छन् ।