काठमाडौं, २५ पुस । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।
विरोध प्रदर्शनमा शीर्ष तहका नेताहरू सहभागी हुनेछन । पार्टी सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ को विरोध प्रदर्शनमा सहभागी हुने भएका छन् ।
देउवाले विरोध प्रदर्शनपछि आयोजना हुने सभालाई सम्वोधन पनि गर्ने भएका छन् ।











प्रतिक्रिया