शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जर्मन बुण्डेसलिगा फुटबलमा बार्यन म्युनिख पराजित

दैनिक नेपाल २०७७ पुष २५ गते ९:०६

लण्डन, २५ पुस । जर्मन बुण्डेसलिगा फुटबलमा बार्यन म्युनिख पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङ्गग्लाडवाचसँग् ३–२ ले पराजित गरेको हो ।

बार्यनका लागि २० औँ मिनेटमा रोबार्ट लेवान्डोस्की तथा २६ औँ मिनेटमा गोरेट्ज्काले गोल गरेका हुन् । बोरुसियाका लागि होफ्मानले ३५ र ४५ औँ मिनेटमा गोल गरे ।

यस्तै ४९ औँ मिनेटमा हेउहाउसले गोल गरे । पराजित भए पनि बार्यन १५ खेलबाट ३३ अंकसहित शीर्षस्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित