बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

डोनाल्ड ट्रम्पको ट्वीटर सधैका लागि बन्द

दैनिक नेपाल २०७७ पुष २५ गते ८:४८

न्युयोर्क, २५ पुस । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता स्थायीरुपमा निलम्बन गरेको छ ।

ट्रम्पले हिंसालाई उकास्ने खतरा रहेको कारण ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको ट्वीटरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गरी मानिसहरूको हत्या गरेका थिए । घटनापछि ट्रम्पको खातामा १२ घण्टे प्रतिबन्ध लगाएको ट्वीटरले ट्रम्पको खाता अस्थायी रुपमा निलम्बन गरेको हो ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पद तथा गोपनीयताको शपथ कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन् । संसद हमलाको घटना लगत्तै सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित