१० कार्तिक २०८३, मंगलबार

नेता भीम रावलमाथि कारवाही सिफारिस

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ पुस । नेकपा ओली पक्षको प्रदेश कमिटी सुदूरपश्चिमले नेता भीम रावलमाथि कारवाही गर्न सिफारिस गरेको छ ।

रावमाथिग पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै कारवाही गर्ने सिफारिस गरिएको छ ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले प्रदेश कमिटी विस्तार गरी ५ सय ५१ सदस्यीय बनाएको छ ।

पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएका छन् । उक्त कार्यक्रमलाई सानदार बनाउन जनपरिचालन गरिएको बताइएको छ ।