
काठमाडौँ, २२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ सय ९५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना पुगेको छ ।
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया