१० कार्तिक २०८३, मंगलबार

संसद विघटनविरुद्धको रिटमा पुस २९ मा थप सुनुवाई हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ पुस । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा थप सुनुवाइ पुस २९ गते वुधबार हुने भएको छ ।

आजको संवैधानिक इजलासले यस्तो निर्णय गरेको हो ।

सुनुवाईका क्रममा वकिलहरुले यी मुद्धाहरुमा वृहत् पूर्ण इजलासले निर्णय राम्ररी गर्न सक्ने भन्दै त्यसको माग गरेका छन् ।

वृहत् पूर्ण इजलासको माग गर्दै सर्वोच्चमा निवदेन पनि परेको छ ।

वुधबारको सुनुवाईमा अर्को वुधबार संवैधानिक इजलासले नै पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।