
काठमाडौँ, २२ पुस । चिकित्सा शिक्षा आयोगले एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
पुस १८ गते लिएको पिजिको एमडी र एमएस परीक्षाको नतिजा आयोगले वुधबार सार्वजनिक गरेको हो । एमडी र एमएसको प्रवेश परीक्षामा ५ हजार २ सय २९ जना सहभागी भएका थिए ।
आयोगका अनुसार अनुभवसहितको खुल्लामा २ हजार ४ सय ७०, विना अनुभव खुल्लातर्फ १ सय ५७, सरकारीतर्फ २ सय २ र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तिर्ण भएका छन् ।
जम्मा परीक्षामा २ हजार ८ सय ७५ जना उत्तीर्ण भएका छन् । परीक्षामा ५ हजार ५ सय ६८ जनाले परीक्षा फारम भरेका थिए भने ३ सय ३९ जना परीक्षामा सहभागी नभएको आयोगले जनाएको छ ।















प्रतिक्रिया