
काठमाडौँ, २२ पुस । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै ठाउँमा नेकपा र सूर्य चिन्ह रहने बताएका छन् ।
सिन्धुलीमाढीमा नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री ओलीकै समूहमा नेकपा र सूर्य रहने बताएका हुन् । उनले ओली समूह नै आधिकारिक नेकपा भएको बताए ।
पार्टीको प्रथम अध्यक्ष र महासचिव पनि ओली पक्षमै भएकाले ओली समूह नै आधिकारिक हुने पोखरेलको तर्क थियो । तत्कालीन एमालेको गुटबन्दी र माओवादीको अराजक भीड नै अहिलेको नेकपाको फुटको कारण भएको पनि पोखरेलले बताए ।
पोखरेलले आगामी चुनावको तयारीमा लाग्न नेता, कार्यकर्तालाई आह्वान गर्दै सूर्य चिन्ह आफूहरुसँग हुनेमा ढुक्क बन्न आग्रह गरे ।















प्रतिक्रिया