१० कार्तिक २०८३, मंगलबार

प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिने नियन्त्रणमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, २२ पुस । महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा महालक्ष्मी नगरपालिका ४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी राति सम्ममा ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

श्रेष्ठ उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।