१० कार्तिक २०८३, मंगलबार

बम विष्फोट मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

उदयपुर, २२ पुस । बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका २ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका १४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न पवन राईलाई समेत यस अघि पक्राउ गरेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।