
हरिवन, २२ पुस । सर्लाहीमा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडानम्बर–२ बस्ने रामएकबाल राय यादव छन् ।
यादवले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका–४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन ।















प्रतिक्रिया