आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

चीनले भ्रष्टाचारी पूर्वबैंकरलाई मृत्युदण्ड दियो

दैनिक नेपाल २०७७ पुष २२ गते ९:०८

बेइजिङ, २२ पुस । घुस खाएको र सरकारी पैसा हिनामिना गरेको भन्दै चीनले पूर्वबैंकरलाई मृत्युदण्ड दिने भएको छ ।

घुस खाएको, सरकारी पैसा हिनामिना गरेको र बहुविवाहको आरोप लागेका लाई सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।

सिआओमिन यसअघि राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टका अध्यक्ष थिए । उनले १० वर्षमा १.७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ ।

त्यतिबेला उनी नियामकका रूपमा पनि काम गरिरहेका थिए । अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ । उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए ।

उनी विवाहसम्बन्धमा पनि दोषी पाइएका छन् । उनले पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध बनाएको र उनीबाट सन्तान पनि जन्माएको उल्लेख गरिएको छ ।

सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतले बताएको छ ।

सिआओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । त्यही बेला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि निष्कासित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित