१ कार्तिक २०८३, आइतबार

कंक्रिट उद्योगमा डेढ अर्ब लगानी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ पुस । आधुनिक प्रविधिले मानव जीवनमा धेरै सहज बनाइरहेको छ । अहिले प्रविधि अभिन्न अंग जस्तै बनेको छ । आधुनिक प्रविधि बिना मान्छेका हरेक गतिविधि शून्य जस्तै भइरहेका छन् । अहिले अत्याधुनिक प्रविधि प्रयोग नभएको क्षेत्र विरल्लै देखिन्छन् । नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रमा पनि अत्याधुनिक मेसिनको प्रयोग गर्ने चलन ह्वातै बढेको छ ।

केही वर्ष अघिसम्म इटा चिम्नीको भट्टा बिना उत्पादन गर्ने कल्पना समेत गर्न सकिँदैन्थ्यो । तर, अहिले आधुनिक प्रविधिले चिम्नी र प्रदुषण बिनै कंक्रिटका इँटा बनाउने प्रविधि भित्रिसकेको छ । अत्याधुनिक प्रविधि भित्राएर अहिले कंक्रिट उद्योग स्थापना भइसकेका छन् ।

नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायीले अन्तर्राष्ट्रिय गुणस्तरको स्वदेशमै कंक्रिट उद्योग सञ्चालनमा ल्याएका हुन् । एसियन कंक्रिटो नाम दिएको उक्त उद्योगमा मनिष रंगैता, गौरव अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाको मुख्य लगानी रहेको छ । पाँचजना व्यवसायीले करिब डेढ अर्ब लगानीमा अत्याधुनिक कंक्रिट उद्योगको प्लान्ट राखेर इटालगायत २३ किसिमका सामग्री उत्पादन गर्दै आएका छन् ।

उद्योगका निर्देशक अनिल जाटियाले डेढ अर्ब रुपैयाँ लगानी गरेर अन्तर्राष्ट्रिय स्तरको एसियन कंक्रटो उद्योग सञ्चालनमा ल्याएको बताए । कम्पनीले अत्याधुनिक खालको जर्मनी मेसिन भित्राएर कंक्रिट उद्योगको प्लान्ट खोलेको हो । एसियन कक्रिटो प्रालिको स्थापना सन् २०१७ भएको थियो । यसले सन् २०१८ देखि अन्तर्राष्ट्रिय स्तरका कंक्रिटका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।

यो उद्योग नवलपरासीको रामग्राम नगरपालिकाको हाक्यू क्षेत्रमा रहेको छ । उद्योग करिब सात बिघा क्षेत्रफलमा स्थापना गरिएको छ । कम्पनीले कंक्रिटका इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट ट्रायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, स्ल्याब, ड्रेनलगायतका २३ प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको बताइएको छ ।

एसियन कंक्रिटो प्रालिले उत्पादन गरेको कर्बस्टाने एक किलोमिटरको लागि भ्याटबाहेक १२ लाख रुपैयाँ पर्ने उद्योग सञ्चालकले जनाएका छन् । इन्टरलक पेभरको एक किलोमिटर लम्बाई र दुई मिटर चौडाईको लागि २५.३ लाख रुपैयाँ र इन्टरलक एयरपोर्टको लागि १.५ चौडा र एक किलोमिटर लम्बाईको लागि २५.५ लाख रुपैयाँ भ्याटबाहेक खर्च लाग्ने बताइएको छ । ललितपुरमा निर्माण गरिएको इन्टरलक फुटपाथ निर्माणमा लक्जरी ब्राण्डको प्रयोग गरिएको थियो । जसको मूल्य भ्याटबाहेक २५ सय ५३ प्रति वर्गमिटर पर्ने गर्छ । हिमाल लम्सालले नागरिक दैनिकमा समाचार लेखेका छन् ।