
भक्तपुर, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता निर्मल भट्टराईले नेपालको ईतिहासमा नेपालको नक्सामा करिब छ सय वर्ग किलोमिटर क्षेत्रफल आफ्नो गुमेको भूभाग समेटेर नक्सा प्रचलनमा ल्याएपछि प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रबाट संगठित विरोध भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वृहत् मध्यपुर भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘देशको विस्तारित नक्सा हाम्रा सन्ततिलाई सुम्पने हो भने नेकपा अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओलीलाई निःशर्त सहयोग गर्नु पर्छ’, उनले थपे ।
नेकपा नेता तथा मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो वृहत् भेलामा पार्टीका केन्द्रिय सदस्य नवराज गेलाल, सरस्वती वाटी, तारानिधि पन्त, जिल्ला अध्यक्ष बचन देउजा लगायतले समसामयिक विषयमा प्रशिक्षण दिएका थिए ।
















प्रतिक्रिया