१० कार्तिक २०८३, मंगलबार

नेपाल प्रहरीका ३० एसपी र ६९ जना डीएसपीको सरुवा, हेर्नुस् को कहाँ पुगे ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ पुस । नेपाल प्रहरीका ३० जना उपरिक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपी र ६९ जना डीएसपीहरुको सरुवा गरेका हुन् ।

झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ ।

कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ ।

त्यस्तै, ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।

हेर्नुस् को कहाँ पुगे ?