
काठमाडौँ, २१ पुस । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अझै पार्टी एकताको पक्षमा दृढ रहेको बताएका छन् ।
मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिलेको आवश्यकता भनेको नै एकता भएको बताएका हुन् ।
पोखरेलले पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य हुने समेत बताए ।
उनले पार्टी एकता भएको ३ वर्ष नबित्दै आफ्नै पार्टीभित्रैबाट अध्यक्षविरुद्ध षड्यन्त्र भएको बताउँदै उनले अझै पार्टी एकता जोगाउन सकिने समेत जनाए ।
‘म एकताको पक्षमा दृढ छु ।’ उनले भने । त्यस्तै पाेखरेलले प्रचण्ड–माधवहरु सरकार विराेधी गतिविधिमा लागेकाे बताउँदै भने, ‘प्रचण्ड–माधवहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नका लागि सरकार र पार्टी विरोधी हर्कतमा अन्तिम समयसम्म पनि लागि परे ।’
उनले अब पार्टी नयाँ ढंगले निर्माण हुने बताए ।















प्रतिक्रिया