१० कार्तिक २०८३, मंगलबार

स्रोत नखुलेको ८ लाखसहित रौतहटमा एक जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ पुस । प्रहरीले स्रोत नखुलेको ८ लाख रुपैयाँसहित रौटहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका बाराका धिरेन्द्र साहलाई पक्राउ गरेको हो । साहबाट प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

साह बारा सिम्रोनगढ नगरपालिका वाड नं–१ बस्ने लक्षमण साहको छोरा भएको बुझिएको छ । साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अबैध नेपाली रुपैयाँ आठ लाख फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए ।

साहलाई रकमसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै गौर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए ।