
काठमाडौँ, २१ पुस । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार नै परिवर्तन हुदै गइरहेको छ ।
अबको शिक्षा र व्यवसायीक करियरमा पनि सूचना प्रविधि अपरिहार्य झै बनिरहेको छ । पछिल्लो समय विश्वमा देखिएको कोरोना भाईरसको संत्रासले हामीलाई अझ प्रविधिसँग नजिक बनाइरहेको छ ।
नेपालमा पनि कोरोना भाईरसको प्रकोपका कारण दैनीक जीवन सुचारु गर्न र सहजताको लागि सूचना प्रविधिको प्रयोग र उपयोगिातमा व्यापक रुपमा भइरहेको छ ।
अबको १० वर्षमा सञ्चार तथा प्रविधि गर्दा हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ ? इमर्जिङ प्रविधि सँग–सँगै हामी कसरी अगाडी बढ्छौँ ? इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलताको अवस्था कस्तो रहन्छ ?
भन्ने सन्दर्भमा केन्दि«त रहेर प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी शनिवार र आइतबार ‘पिबिएस आइटी करियर कन्क्लेभ’ सम्पन्न हुने भएको छ ।
यहि पुस २५ र २६ गते अर्थात जनवरी ९ र १० तारिखमा आयोजना हुने २ दिने कन्क्लेभमा २० जनाभन्दा बढि विज्ञहरुले विविध विषयमा आफ्ना धारणा राख्नेछन् ।
२ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न ५ विषयमा सेसनहरु सञ्चालन हुनेछन् । कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्रीु विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।
सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीपु विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ ।
त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इन्नोभेसन ल्याब म्यानेजर पारस डोटेलले जानकारी दिए ।
त्यसैगरी कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ुकनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटीु विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।
त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ुआइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्सु विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु ुकि नोट स्पिकरुको रुपमा पनि रहनुहुनेछ ।
प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गनमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रशारण हुनेछ ।
कार्यक्रममा आमन्त्रित अतिथी र पञकारहरु प्रत्यक्ष उपस्थित हुन सक्ने व्यवस्था मिलाईएको छ भने अन्य सहभागिले जुम मार्फत सहभागी जनाउनुपर्नेछ ।
अन्तराष्ट्रिय स्तरमा रहेका केहि वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसरनमा सहभागी हुनेछन् । कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाईन मार्फत नाम दर्ता गर्नुपर्नेछ ।
सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनान खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपुर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए ।
प्रेसिडेन्सियल विजनेशले स्कुल विगत एक दशकदेखि अमेरिकन विश्वविद्यालय सँगको पाटनरसिपमा विजनेश डिग्रीहरु (बीबीए र एमबीए) सञ्चालन गर्दै आइरहेको छ ।
प्रेसिडेन्सियल विजनेशले स्कुलले स्कुल अफ टेक्नोलाजी अन्तरगत नेपालमा नै पहिलोपटक अमेरिकन विश्वविद्यालयकै पाटनरसिपमा यसै वर्षदेखि ब्याच्लर (बीएससीआईटी) र मास्टर्समा (एमएससीआईटी) प्रोग्रामहरु सञ्चालन गर्न लागिरहेको छ ।
व्यवसायीक र समयअनुकुल शिक्षामा जोड दिदै आएको कलेजले विभिन्न सेमिनार, कन्फ्रेन्सहरु पनि आयोजना गर्दै आइरहेको छ । कलेजले इन्नोभेसन तथा उद्यमशिलताको विकासका लागि कलेजमा इन्नोभेसन सेन्टरको पनि स्थापना गरिएको छ ।















प्रतिक्रिया