शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इटालियन सिरि ‘ए’ फुटबलमा युभेन्टसको जित, उदिनजे पराजित

दैनिक नेपाल २०७७ पुष २० गते १०:५४

लण्डन, २० पुस । युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्टसले उदिनेजेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा फेडेरिको चिसा र पाउल डिबालाले गोल गरे। उदिनेजेका लागि मार्भिन जिगलारले एक गोल फर्काए ।

खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुग्यो ।

खेलको ४९ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे। ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाए ।

खेलको ९० औं मिानेटमा मार्भिनले गोल गरेपछि उदिनेजेले युभेन्टससँग ३–१ गोलको स्थितिमा खेल पुर्याएको थियो । इन्जुरी समयमा डिबालाले गोल गरेपछि युभेन्टसले ४–१ गोलको जित निकालेको हो ।

प्रतिक्रिया
सम्बन्धित