आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

चुनाव जित्न ट्रम्पले नतिजा उल्ट्याउन आग्रह गरेको खुलासा

दैनिक नेपाल २०७७ पुष २० गते १०:४१

न्युयोर्क, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ ।

नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार व्यहोरेका ट्रम्पले जितका लागि नतिजा उल्ट्याइदिन आग्रह गरेको फोन रेकर्डिङ सार्वजनिक भएको छ । राष्ट्रपति ट्रम्पले चुनावको नतिजालाई अहिलेसम्म स्वीकार गरेका छैनन ।

उनले चुनावमा धाँधली भएको आरोप लगाउँदै जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारीलाई आफूलाई जिताउन आवश्यक मतको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको फोन रेकर्डिङ सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डिङका अनुसार ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग आफूलाई ११ हजार ७८० भोट मात्रै चाहिएको बताए । रेफनस्पर्जरले भने फोनमा ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताए ।

जर्जियामा जो बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेर चुनाव जितेका थिए । ट्रम्पले २३२ भोट मात्र प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित