१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश १ लाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक प्रदेश नम्बर १ ले हात पारेको छ ।

दाङको लमहीमा भएको फाइलन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो ।

प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो । एपीएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन बनाए पनि टीमलाई जिताउन सकेनन् ।

प्रदेश १ का लागि रुवीना क्षेत्री र एलिसा खडियाले दुई÷दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा चार विकेट गुमाएर १०५ रन बनाएको थियो । उक्त टीमका लागि अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ र रुवीना क्षेत्रीले १८ रन बनाए ।

उपाधिसँगै प्रदेश १ ले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको एपीएफले ३ लाख रुपैयाँ र सेमिफाइलनमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिमले २५÷२५ हजार रुपैयाँ पाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।