१० कार्तिक २०८३, मंगलबार

दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमही, १९ पुस । दाङको लमही नगरपालिकाको सामुदायिक बनमा जंगली बँदेलको आक्रमणबाट चार जना गम्भीर घाइते भएका छन् ।

शनिबार दाउरा काट्न बकेन सामुदायिक वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको प्रत्यक्षदर्शी विनिता चौधरीले जानकारी दिएकी छिन ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हीरादेवी चौधरी, डोढइका ८ वर्षीय शिरीष गिरी, ५५ वर्षीया धनिया चौधरीलगायत रहेका छन । घाइतेहरूको खुट्टामा गम्भीर चोट लागेको छ ।