१० कार्तिक २०८३, मंगलबार

गोरखाको शहीद लखन– ५ मा तरुण दल गठन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताक्लुङ, १९ पुस । गोरखा जिल्लाको शहीद लखन गाउँपालिका– ५ मा नेपाल तरुण दल गठन भएको छ ।

शनिबार ताक्लुङमा आयोजित कार्यक्रममा काजी थापा मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको कांग्रेसका युवा नेता एवम् वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव राना, सचिवमा असाज थापा मगर, कोषाध्यक्षमा होमबहादुर आले, सह–सचिवमा जयराम थापासहित १७ सदस्यीय तरुण दल गठन गरिएको श्रेष्ठले बताए ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न दल परित्याग गरेर ११ जना युवाहरू कांग्रेसमा प्रवेश गरेका छन् । संसद विघटन गरेर नेकपा फुटेकै बेला नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

शहीद लखन गाउँपालिका– ५ ताक्लुङ, भ्याकुरेमा नेपाली कांग्रेस वडा कार्यसमिति सभापति रितबहादुर थापाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

नेपाली कांग्रेस गोरखाका कोषाध्यक्ष कृष्णबहादुर आलेको प्रमुख आतिथ्यता, क्षेत्रीय सभापति धिरण थापा, तरुण दल नेता ध्रुब पन्त, जिल्ला राजनीतिक परामर्श समितिका सदस्य काशिनाथ अंगाई, क्षेत्रीय सदस्य शरण श्रेष्ठ, तरुण दल गोरखाका उपाध्यक्ष मनोज देवकोटा, तरुण दल जिल्ला सदस्य सुरेन्द्र कुमाल, विनोद पन्त, तरुण दलका प्रदेश ‘क’का संयोज किरण आले, तरुण दल क्षेत्रीय सचिव भरत रेग्मी, तरुण दलका नेता सानुकाजी आले, राजन थापालगायतको उपस्थिति रहेको थियो ।