
काठमाडौं, १८ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय क्लब एपीएफ पुगेको छ ।
शनिबार दाङको लमहीमा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफले फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै फाइनलको यात्रा तय गरेको हो ।
पहिलो सेमिफाइनल विजेता एपीएफले आजै हुने अर्को सेमिफाइनल प्रदेश एक र लुम्बिनीको विजेतासँग आइतबार उपाधि भिडन्त गर्ने छ ।















प्रतिक्रिया