सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

चीनमा बनेको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोग गर्न अनुमति

दैनिक नेपाल २०७७ पुष १६ गते १६:२४

बेइजिङ, १६ पुस । चीनको सरकारी स्वामित्वसमेत रहेको कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।

चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको खोपलाई बिहीबार अनुमति दिएको हो ।

यसअघि अमेरिका र बेलायतमा बनेका खोपहरूले मात्र प्रयोग अनुमति पाएका थिए भने रूसले स्पुतनिक भी भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण नै नगरी स्वीकृति दिएको थियो ।

चिनियाँ भ्याक्सिनको प्रभावकारिताबारे विस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन । बुधबारमात्रै सिनोफार्मले आफ्नो खोप कोरोनाविरूद्ध ७९.३४ प्रतिशत प्रभावकारी भएको बताएको थियो । यो खोप पनि दुई डोज लगाउनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित