६ मंसिर २०८३, आइतबार

स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेट भएको छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीलाई भेट्न राजदूत क्वात्रा बिहीबार मन्त्रालय पुगेका हुन् । त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई तथा शुभकामना दिएका छन् ।

भेटमा दुवैले नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको मन्त्रि त्रिपाठीको नीजि सचिवालयले जनाएको छ ।

वर्तमान कोभिड–१९ विरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्ने गरि मुख्यतः कोभिड १९ को खोपका सम्बन्धमा सम्वाद भएको बुझिएको छ ।