६ मंसिर २०८३, आइतबार

आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैनः देउवा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गरी अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् ।

बिहीबार मेलमिलाप दिवसको अवसरमा जुम मिटिङलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कामको कांग्रेसले विरोध गरिआएको बताए ।

उनले भने, ‘ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेका छन् । ओलीको कदम अलोकतान्त्रिक पनि छ ।’

अदालतमा मुद्दा विचाराधीन भएकोले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले अहिले आन्दोलन नगर्ने देउवाले बताएका छन ।

‘आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन’, उनले भने, ‘कसैको खिलापमा भयो भने पछि पनि आन्दोलन हुने भएकोले सोचे विचार गरेरै हामीले आन्दोलन नगरेको हो । अदालतको निर्णय पर्खनुपर्छ ।’