२ कार्तिक २०८३, सोमबार

ला लिगाको शीर्षस्थानमा एथ्लेटिको मड्रिड, गेटाफे पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ पुस । एथ्लेटिको मड्रिडले यस वर्ष ला लिगाको शीर्ष स्थानमा रहेर टुंग्याएको छ ।

बुधबार राति वाण्डा मेट्रोपोलिटनमा भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई १–० ले पराजित गरेर शीर्ष स्थानमा कायम भएको हो ।

एथ्लेटिकोको जितमा २० औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिड साबिक विजेता रियल मड्रिड भन्दा दुई अंकले अघि रहेको छ ।

शीर्ष स्थानको एथ्लेटिकोको १४ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको १६ खेलबाट ३३ अंक छ ।

ला लिगा अन्तर्गत बुधबार राति भएका अरु खेलमा ग्रानाडाले भ्यालेन्सिया तथा सेल्टा डी भिगोले हुएस्कालाई समान २–१ ले पराजित गरेका छन् ।