सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

यमनको विमानस्थलमा आक्रमण, २२ जनाको ज्यान गयो

दैनिक नेपाल २०७७ पुष १६ गते ९:१२

यमन, १६ पुस । यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ ।

अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यमनको नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा कम्तिमा एउटा बिस्फोट भएको हो ।

प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् ।

बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ ।

सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित