विराटनगर, १५ पुस । विराटनगर महानगरपालिकाले उत्तरी प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको छ ।
खुला प्रतिश्पर्धाबाट महानगरले रमन श्रेष्ठ र आशिक महर्जनको तयार पारेको डिजाइनलाई स्वीकृत गर्दै उनीहरूले तयार पारेको डिजाइन फाइनल गरेको हो । विभिन्न १४ कम्पनीले पेश गरेको डिजाइनबाट छनौट गरिएको छ ।
सडकको चौडाइँ विस्तार भएपछि साविकको पुरानो गेट भत्काउनुपर्ने अवस्था आएको छ । विस्तारित ६ लेनको सडकअनुसार स्वागतद्वार निर्माणका लागि डिजाइन तयार गरेर बोलपत्र गर्ने तयारीमा पुगिएको महानगरपालिकाका ईन्जिनियर अर्जुन थापाले जानकारी दिएका छन ।
डिजाइन अनुसार नयाँ गेटको माथिल्लो भागबाट अवलोकन गर्न सकिने ठाउँ गेटमै राखिने भएको छ ।















प्रतिक्रिया