३ कार्तिक २०८३, मंगलबार

१३ स्थानबाट निस्कियो प्रचण्ड–माधव समूहको जुलुश, सडक अस्तव्यस्त, जनतालाई सास्ती

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाका प्रचण्ड–माधव समूहले काठमाडौंका विभिन्न १३ वटा स्थानबाट जुलुश निकालेका छन् ।

ठाउँ–ठाउँबाट जुलुश निस्किएपछि काठमाडौंका सम्पूर्ण सडकहरु अवरुद्ध भएका छने भने सर्वसाधारणले सास्ती खेप्न परेको छ ।

उक्त समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंको प्रदर्शनीमार्गमा बृहत् प्रदर्शन गर्न लागेको हो । प्रदर्शनका लागि सो समूहले सडकमै मञ्च खडा गरेको छ । जसका कारण सडक अस्तव्यस्त बनेको छ भने जनताले अनाहाकमा दुःख पाएका छन् ।

आजको बिरोध प्रदर्शनमा उक्त समूहले हजारौं नेता तथा कार्यकर्ता सडकमा ओराल्ने दाबी गरेको छ । राजधानीमा हुने प्रदर्शनमा सहभागी हुन काठमाडौं उपत्यका वरपरका जिल्लाबाट समेत कार्यकर्ता सहभागी भएको बताइएको छ ।

आज काठमाडौंको विभिन्न स्थानमा हुने प्रदर्शनहरुको नेतृत्व समूहका शीर्ष तहका नेताहरुले गर्ने बताइएको छ । जसअनुसार मैतीदेवीमा हरिबोल गजुरेल, नक्साल चोकमा देवेन्द्र पौडेल, लैनचौमा जनार्दन शर्मा ‘प्रभावकर’, एनसीसी न्यूरोड गेटमा अष्टलक्ष्मी शाक्य,
टेकुमा युवराज ज्ञवाली तथा कुलेश्वरमा बेदुराम भुसालले नेतृत्व गर्ने भएका छन् ।

यस्तै ललितपुरको कुपण्डोलमा हुने प्रदर्शनको नेतृत्व नेतृ पम्फा भुसालले गर्ने भएकी छिन् । त्यसैगरी नयाँबानेश्वमा गिरिराजमणि पोखरेल र लिलामणी पोखरेल, रत्नपार्क शान्ति बाटिकामा मुकुन्द न्यौपाने, त्रिचन्द्र क्याम्पसमा योगेश भट्टराई, पुरानो बसपार्कमा अमृतकुमार बोहरा, बागबजारमा बर्षमान पुन ‘अनन्त’ र बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गमा गणेश शाहले नेतृत्व गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्–