
काठमाडौं, १४ पुस । प्रतिनिधिसभा विघटनको विरोध प्रदर्शन गर्न नेकपाका प्रचण्ड–माधव समूहले बीच सडकमै मञ्च बनाएपछि प्रदर्शनीमार्गलगायत वरपरका सडक यात्रा अस्तव्यस्त बनेको छ ।
प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाइएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जुनसुकै प्रकारका प्रदर्शनहरुका केन्द्रबिन्दु बन्दा प्रदर्शनी मार्गको बाटो प्रभावित हुँदै आएको छ ।
यस्तै, प्रतिनिधि सभा भङ्ग भएसँगै भइरहेको विरोध प्रदर्शनका कारण केही दिनयता उपत्यकाको सडक अस्तव्यस्त बन्न थालेको छ ।
सोमबार कांग्रेसको प्रदर्शनका कारण उपत्यकाका धेरै ठाउँमा जाम बढेको थियो । आज पनि प्रचण्ड–माधव समूहले राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गर्ने कार्यक्रम भएकाले दिनभर सडक अस्तव्यस्त बन्ने अवस्था छ ।















प्रतिक्रिया