१० कार्तिक २०८३, मंगलबार

धनगढीमा पेस्तोल ताकेर लुटपाट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १४ पुस । धनगढीमा व्यापारी यादवप्रसाद भट्टलाई कन्चटमा पेस्तोल ताकेर अपरिचित व्यक्तिले नगद ५२ हजार र रिचार्ज कार्ड लुटेर फरार भएको छ ।

बोराडाडीमा रहेका भट्टको न्यु विशाल भण्डार किराना पसलमा पेस्तोल र खुकुरी देखाएर सोमबार साँझ करिब पौने ८ बजे तिर लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले हल्लाखल्ला गरे मार्ने धम्कीसहित करिब ५२ हजार नगदसहित बेच्न राखिएको रिचार्ज कार्ड लुटेर भागेको सञ्चालक भट्टले बताए ।

लुटेराले पसल अगाडि मोटरसाइकल रोकेर सुरुमा रिचार्ज कार्ड मागेका थिए ।

रिचार्ज कार्डको रकम माग्न खोज्दा कन्चटमा पेस्तोल ताकेर गल्लामा भएको ५२ हजार बढी रकम लगेको सञ्चालक भट्टले बताए ।