२ कार्तिक २०८३, सोमबार

बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ प्रजातीको संक्रमण हो कि होइन ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । कोरोना भाइरसको नयाँ प्रजातीले थप त्रास बडिरहेको बेला बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिनमा बसेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिनमा बस्न आग्रह गरिएको थियो ।

यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो र उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।