३ कार्तिक २०८३, मंगलबार

प्रचण्डले चितवनमा चुनाव नजित्ने कांग्रेसको दाबी, लाग्यो देउवालाई झुक्याएको आरोप

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १३ पुस । नेपाली कांग्रेस चितवनले नेकपा नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब चितवनबाट चुनाव नचित्ने दाबी गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनले केन्द्रको निर्देशन अनुसार जिल्लाको तीन वटै क्षेत्रमा आज सोमबार विरोध प्रदर्शन गर्ने क्रममा यस्तो दाबी गरेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चितवनबाट अब प्रचण्डले निर्वाचन नजित्ने दाबी गरेका हुन् । उनले यसअघिको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्काएर भरतपुर महानगरको मेयरमा प्रचण्डले आफ्नी छोरीलाई जिताएको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोमा उनले आपत्ति जनाएका छन् । कम्युनिष्टबाट लोकतन्त्र धरापमा परेको भन्दै उनले त्यसको रक्षा कांग्रेसले गर्ने बताउँदै सभापति श्रेष्ठले भने, ‘प्रचण्डको चितवनमा हैसियत सकिएको छ । आगामी चुनावमा उनको हार निश्चित छ ।’