३ कार्तिक २०८३, मंगलबार

आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’को सुटिङ शुरू (तस्वीरहरुसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को सुटिङ आज सोमबारदेखि शुरू भएको छ ।

गत असोजमा शुभमुर्हत गरिएको चलचित्रको पहिलो दिनको स्पट गोदावरी भएको चलचित्रका प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिए ।

मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायत कलाकारको अभिनय रहने चलचित्रको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले नै लेखेका हुन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माण हुने चलचित्रको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् ।

महादेव शाही सहनिर्माता रहेको चलचित्र काठमाडौं र गाइघाटमा खिचिने छ । सुमनकुमार तण्डुकारको छायांकन रहेको चलचित्रका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्ने छन ।

देव महर्जनले द्वन्द्व निर्देशन गर्ने चलचित्रको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । चलचित्रको सुटिङ अबधि ३५ दिन तोकिएको छ ।