
रुकुम पश्चिम, १३ पुस । रुकुम पश्चिममा श्रीमतीले आफ्नै श्रीमान्को हत्या गेकी छिन् ।
आफ्ना श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका–८ घोरखानीकी ५० वर्षीया डल्ली बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
डल्लीले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया