३ कार्तिक २०८३, मंगलबार

माग पूरा नगरेको भन्दै पठाओका राइडरहरुद्वारा कार्यालय तोडफोड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । आफूहरुको माग पूरा नगरेको भन्दै राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालय तोडफोड गरेका छन् ।

कमिशन घटाउनुपर्नेलगायत विभिन्न ११ बुँदे माग राखेर एक हप्ताअघि असन्तुष्ट राइडरहरुले मागपत्र बुझाएका थिए । कम्पनीले बीमालगायत केही माग सुनुवाई गरेर मुख्य माग पूरा गर्न नसक्ने बताएपछि उनीहरुले कार्यालय घेराउ गर्दै तोडफोड समेत गरेका हुन् ।

अहिले ग्राहकबाट लिएको रकमबाट २० प्रतिशत कमिशन कम्पनीलाई तिर्दै आएका राइडरहरुले उक्त कमिशन घटाएर ८ प्रतिशतमा झार्नुपर्ने माग राख्दै आएका छन् । सोही विषयमा वार्ता गर्न आइतबार कार्यालय पुगेका केही राइडरहरु आक्रोशित हुँदै तोडफोडमा उत्रिएको बताइएको छ ।