
काठमाडौं, १३ पुस । प्रहरी हवल्दार तथा जवानका लागि सञ्चालित १३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सञ्चालित १३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सोही महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच समापन गरिएको हो ।
तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज तुल्याउन तालिममा सिकाइएको ज्ञान, शीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई निर्देशन दिए ।
कात्तिक १८ गतेबाट सञ्चालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५३ जनासहित ५७ जना प्रशिक्षार्थी सहभागी थिए ।















प्रतिक्रिया