
काठमाडौं, १३ पुस । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ ।
चिनियाँ टोलीले बिहान ९ बजेदेखि १०ः३० बजेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो । प्रचण्डसँगको भेटपछि उक्त टोलीले नेपाललाई भेटेको हो ।
नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो । यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।
त्यसैगरी प्रचण्डलाई भेट्न उनकै खुमलटार पुगेको टोली लगत्तै बानेश्वरस्थित एभरेष्ट होटल पुगेको हो ।















प्रतिक्रिया