सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

तालिवान र अफ्गानिस्तान सरकारबीच अर्को चरणको वार्ता जनवरीमा हुने

दैनिक नेपाल २०७७ पुष १३ गते ८:२२

नयाँदिल्ली, १३ पुस । तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता आउँदो जनवरी ६ तारिखमा हुने भएको छ ।

अर्को चरणको वार्ता पनि कतारमै हुने राष्ट्रपति असरफ घानीले बताए । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहे पनि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानमा फर्किन नमानेको समाचार संस्था एएफपीले जनाएको छ ।

तालिवान समूह र सरकारबीच दोहाको एक होटेलमा सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता सुरू भएको थियो ।

वार्ता जनवरी ५ सम्मका लागि स्थगित भएको छ । वार्तामा मध्यस्थता गर्ने बताएका केही देशले कोरोना महामारीको कारणले आफ्नो प्रस्तावलाई अघि बढाउन ढिला भइरहेका समय वार्ताको नयाँ स्थान र मिति तय भएको छ ।

दुवै पक्षका वार्ताकारहरूले महिनौंदेखिको वार्ताले कुनै औचित्यपूर्ण परिणाम दिन नसकेपछि बैठकलाई डिसेम्बरमा केही समयका लागि भन्दै स्थगित गरेका थिए ।

छलफल र धार्मिक व्याख्याको आधारभूत ढाँचामा दुई समूहबीचको विवाद समाधानतिर जान नसकेपछि वार्ता अवरुद्ध बनेको थियो ।

शान्तिवार्ताले तालिवान र वासिङ्टनबीच गएको वर्षको फेब्रुअरीमा हस्ताक्षर गरेको महत्त्वपूर्ण अमेरिकी सेना फिर्तासम्बन्धी सम्झौता पछ्याउनेछ ।

सम्झौताअनुसार आउँदो वर्षको मेमा सबै विदेशी सैनिकहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित