३ कार्तिक २०८३, मंगलबार

कामना सेवा बैंकद्वारा नेपाल क्लियरिङ हाउससँग सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट–पे’ सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिहं प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै कर्पोरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड ट्रान्सफर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसी भुक्तानी गर्न सक्ने छन् । बैंकले सो सम्झौतापश्चात् यो सेवा कर्पाेरेट ग्राहका लागि छिट्टै नै सञ्चालनमा ल्याउने बताएको छ ।

यो सेवाले कोभिड–१९ को चुनौतीपूर्ण अवस्थामा डिजिटल कारोबार गर्न थप सहजता प्रदान गर्ने बैंकको विश्वास छ ।