३ कार्तिक २०८३, मंगलबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई एल्लो प्यगोडा होटेलमा छूट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । बैंक अफ काठमाण्डूका ग्राहकले एल्लो प्यागोडा होटेलमा १५ प्रतिशतसम्म छूट पाउने भएका छन् ।

आइतबार बैंक अफ काठमाण्डू र एल्लो प्यागोडा होटेलबीच सो सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र एल्लो प्यागोडा होटेलका महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई होटेलले १५ प्रतिशत छूट र ३ हजार ५०० रुपैयाँसम्ममा होटेलको कोठा उपलब्ध गराउने छ ।

एल्लो प्यगोडा होटेलले काठमाडौं र पोखराबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।