३ कार्तिक २०८३, मंगलबार

नेपाल रेडक्रस सोसाइटीको उपमहामन्त्रीमा ढकाल चयन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दीपेन्द्रराज ढकाल मनोनित भएका छन् ।

यसअघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य थिए । नेपाल रेडक्रस सोसाइटीको पुस ९ गते बसेको केन्द्रीय कार्यसमितिको २९४औं बैठकले सोसाइटीको प्रचलित विधान बमोजिम कार्यभार सञ्चालन गर्ने गरी ढकाललाई मनोनयन गरेको हो ।

आइतबार नेपाल रेडक्रसको प्रांगणमा आयोजित एक कार्यक्रमवीच उनलाई नेपाल रेडक्रसका अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिनाले मनोनयनको पत्र हस्तान्तरण गरे ।

उपमहामन्त्रीको पदभार ग्रहण गर्दै ढकालले समुदायसँग अझ नजिक हुने गरी रेडक्रसका सेवा प्रवाह गर्न आफू लागिपर्ने बताए । ‘नेपाल रेडक्रसमा सुद्धीकरणका साथै स्वच्छ मानवीय संस्थाको रुपमा नेपाल रेडक्रसप्रति मानिसहरुको विश्वास वढाउने गरी काम अगाडि बढाइने छ’, ढकालले भने ।