३ कार्तिक २०८३, मंगलबार

चिनियाँ उपमन्त्रीको टोली शितल निवासमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । आइतबार अपरान्ह नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली भेटघाटका क्रममा अहिले शितल निवास पुगेको छ ।

स्रोतका अनुसार चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेको छ । टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत नेकपाका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो ।