३ कार्तिक २०८३, मंगलबार

सुविधाजनक बहुमतका साथ अविश्वासको प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताउनु भएको छ ।

प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् ।

‘सुनियोजित ढंगबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउनका लागि अविश्वास प्रस्ताव आउन लागेको राईका दाबी छ ।

विवेक भएका प्रदेश सदस्यहरु भएकाले आफ्नो पद जोगिने दाबी उनको छ । मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा व्यक्त गरेका छन् ।